प्रेसर कुकुर बमसहित विप्लव समूहका दुईजना पक्राउ परे

प्रेसर कुकुर बमसहित विप्लव समूहका दुईजना पक्राउ परे

बाँके बैशाख २६ ।

बाँकेको कोहलपुरमा प्रेसर कुकुर बमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट रास्कोट नगरपालिका–६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाही रहेका छन् ।

उनीहरुको साथबाट बिस्फोटक पदार्थसहितको प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री बरामद भएको छ । उनीहरु दुवै विप्लव समूहका कार्यकर्ता भएको बताइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्