हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु गर्नुस्

<span class='c1'>हृदयघातबाट जाेगिन यस्ता </span> <span class='c2'>पाँच बानीहरु गर्नुस्</span>

एजेन्सी, २७ बैशाख ।  अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानी छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु तपाईंकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।

१ बिहानको खाजा नखानु

बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ । यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ । बिहानको खाजा नखानेहरुमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ ।

२ खाना खानुपछि गुलियो खानु

खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ । यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ ।

३ धेरै मसला भएको खाना

धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ । यसले हृदयघातको खतरालाई बढाउँछ ।

४ धेरै चिल्लो खाना खानु

धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ । यसले कोलेस्ट्रोल बढाउँछ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।

५ धेरै मोटो मासु  खानु

सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ । यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्