मानव तस्करको जालोमा महिला, काँकडभिट्टा नाका हुँदै २३ जनाको भारतबाट उद्दार

<span class='c1'>मानव तस्करको जालोमा महिला,  काँकडभिट्टा</span> <span class='c2'>नाका हुँदै २३ जनाको भारतबाट उद्दार</span>

झापा, २७ बैशाख।
मानव तस्करको जालोमा फसेका २३ नेपाली महिलाको भारतको मिजोरमबाट उद्धार गरिएको छ ।

बर्मासँग सीमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलालाई आज झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । उद्धार गरिएका २३ जना महिलालाई चार दिन लगाएर बसमार्फत काँकडभिट्टा नाका हुँदै शक्ति समूह, माइती नेपाल लगायतका संस्थाहरुको पहलमा नेपाल ल्याइएको हो ।
नेपालका विभिन्न जिल्लाबाट मानव तस्करको जालोमा फसेर भारत पुगेका ती महिलाहरुलाई स्थानीय नेपाली भाषी नागरिकको सुराकीको आधारमा भारतीय संघसंस्था र मिजोरम पुलिसले ६ दिन अघि उद्धार गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप–सचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।
उद्धार गरिएकाहरुमा झापा सहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समूहका महिला रहेका छन् । भारतीय प्रहरी स्रोतका अनुसार भारतीय नागरिक नेपाली भाषी एजेन्ट लालबहादुर भन्ने व्यक्तिले उनीहरुलाई सो स्थान पु¥याएको खुलेको छ । एजेन्ट लालबहादुरलाई पनि मिजोरम प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्