विराटनगर महानगरपालिकाकाे आयाे विज्ञप्ती , राजधानी भएकोमा खुसीसँगै सशंकित

विराटनगर महानगरपालिकाकाे आयाे विज्ञप्ती , राजधानी भएकोमा खुसीसँगै सशंकित

विराटनगर, २७ बैशाख ।
विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकेकोमा प्रदेश १ का सरकारलाई धन्यवाद दिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरु तथा मन्त्रिपरिषद, सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुप्रति महानगरले धन्यवाद व्यक्त गरेको हो । यद्यपी विज्ञप्ति मार्फत नेपालकै औद्योगिक र राजनीतिक महत्व बोकेको विराटनगर प्रदेश १ को राजधानी तोकिएको यस क्षणमा व्यवस्थापिका तथा कार्यपालिका विराटनगर भन्दा अन्यत्रै सार्ने भन्ने किसिमका अभिब्यक्तिहरु सार्वजनिक भइरहेको प्रति विराटनगर महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थायी राजधानी विराटनगरबाट बृहतविराट क्षेत्रका नाममा व्यवस्थापिका तथा कार्यपालिका अन्यत्रै सार्ने कार्यहुन गएमा विराटनगरवासीको समर्थन नरहने बताउदै राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार रहेको मेयर भीम पराजुलीले जारी गरेकाे विज्ञप्तीमा जनाईएकाे छ ।

विराटक्षेत्रको विकास अवधारणा ल्याई प्रदेश सरकारले कतिपय संरचना अन्यत्रै सार्ने भन्ने प्रचार समेत हुनुले विराटनगरवासी सशंकित भएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्