प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटमा विराटनगरका खेलाडीको विरोध, प्रतियोगितामा नाताबाद हावी

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटमा विराटनगरका खेलाडीको विरोध, प्रतियोगितामा नाताबाद हावी

विराटनगर, २७ वैशाख । आगामी जेठ १ गतेदेखि काठमाण्र्डौंमा हुने प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताकालागि खेलाडी छनौट प्रक्रिया विवादमा तानिएको छ ।

प्रदेश नम्बर एकबाट खेलाडी छनौट प्रक्रियामा नाताबाद र आफन्त खेलाडी छनौट गरेको भन्दै विराटनगरका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले विरोध जनाएका छन् । पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानको नेतृत्वमा आएका खेलाडीले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी छनौट प्रकृया गलत भएको भन्दै आपत्ति जनाएका हुन् ।
क्षेत्रीय खेलकुद विकास समितिलाई जिम्मेवारी दिईएको कारणले छनौट खेल नै नखेलाई आफन्त र नजिकका खेलाडीलाई छनौट गरेको भन्दै उनीहरुले चर्को विरोध गरे । प्रदेश १ का प्रशिक्षक प्रदिपराज पाण्डेले छनौट खेल नै नखेलाई आफ्नो क्लबका खेलाडीलाई बन्द प्रशिक्षकोलागि सिधै छनौट गरिएको पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानले आरोप लगाए । पाण्डे क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ विराटनगरका प्रशिक्षक हुन् ।
पूर्व अन्तराष्ट्रिय खेलाडी प्रधानले प्रशिक्षक पाण्डेले व्यक्तिगत रुपमा मोरङका खेलाडी बोलाएर बन्द प्रशिक्षणमा लगेको बताए । उनले खेलाडीको भबिश्यमाथिनै खेलवाड गर्नेकाम बन्द गर्नु पर्ने बताए । अहिलेको प्रक्रिायालाई तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नाताबादको आधारमा खेलाडी छनौट गर्दा नयाँ प्रतिभा भएका खेलाडीहरुलाई असर पर्ने राष्ट्रिय खेलाडी काली चरण यादवले गुनासो गरे । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जेष्ठ १ देखि २४ गतेसम्म हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीतालागि मोरङमा छनौट प्रतियोगीता नगराई सिधै खेलाडी छान्ने काम भएको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्