मोरङमा घट्यो यस्तो घटना : एक युवालेे आफैंलाई हाने गोली, नोबेलमा उपचार हुदै

मोरङमा घट्यो यस्तो घटना : एक युवालेे आफैंलाई हाने गोली, नोबेलमा उपचार हुदै

आफ्नै दिदीको घरमा भाइसहित बस्दै आएका उनले शुक्रबार राति ९ बजे घरमा कोही नभएको बेला अाफैमाथि पेस्तोल प्रहार गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार उनी पेस्तोल प्रहार गरेपछि घाइते भएका उनी आफैले प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै प्रहरी घटनास्थल पुगेको र उनलाई गम्भिर अवस्थामा कोशी अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको बताइएको छ । उनी के कारणले घटना भयो र पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्