अबको तीन दिनसम्म देशभरि धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने

<span class='c1'>अबको तीन दिनसम्म देशभरि  धेरै</span> <span class='c2'>ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने</span>

काठमाण्डौ, २८ बैशाख ।  अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ ।

अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुने उहाँले बताउनुभयो । यस्तै केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्