त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलर सहित भारतीय महिला पक्राउ

<span class='c1'>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  एक लाख</span> <span class='c2'>अमेरिकी डलर सहित भारतीय महिला पक्राउ</span>

काठमाडौं, २८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ।

नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार सोनीले ब्यागमा लुकाएर उक्त डलर लुकाएर ल्याएकी थिइन्।

‘हामीलाई पूर्व सूचना थियो । सादा पोशाकका प्रहरी परिचालन गरेर पक्राउ गरेका हौं,’ भण्डारीले भने’, हाइड्रोपावरमा लगानी गर्ने भनेर बताएकी थिइन्।’ उनले यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको बताए।  (अन्नपुर्ण पोष्ट दैनिकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्