‘सुन साइली’ बोलको गीतका चर्चित म्युजिसियनले बुहारीको हत्या गरेकाे आराेप

‘सुन साइली’ बोलको गीतका चर्चित म्युजिसियनले  बुहारीको हत्या गरेकाे आराेप

काठमाडौं, २८ वैशाख । नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमाएको थियो । गीतमा अडियो इन्जिनियरिङ उज्वल महतले गरेका थिए ।

उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ । उनी आफ्नै बुहारीको निर्मम हत्या गरेको आरोपमा प्रहरी खोरमा छन् । उज्वलले गत मे महिनामा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका थिए । उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन् । ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ ।

म्युजिसियन: उज्वल महत

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन । खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ । परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे । यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो । छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन् । उनका चिनजानका साथीभार्इ सभ्य र भद्र भन्छन् ।

एउटै घरमा बुबा आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे । स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन् । बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे । उनले दिउँसो १३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे । ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने । बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए । बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो ।

हत्या गरिएकी बुहारी अञ्जना 

खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो । टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन् । प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ । बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो । पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो । उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ । बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन् ।साभार : मकालु खबर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्