विराटनगरमा सवारीचालकले चेकिङमा बसेका प्रहरीलाई घुस दिदा परे फन्दामा

<span class='c1'>विराटनगरमा सवारीचालकले चेकिङमा बसेका प्रहरीलाई</span> <span class='c2'>घुस दिदा परे फन्दामा</span>

विराटनगर बैशाख २८,

विराटनगरमा प्रहरीलाई सवारी चेकजाँचको क्रममा घुस दिने एक मोटसाइकल चालक समातिएका  छन् ।
विराटनगर वडा नम्बर ६ मा सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने  चालकलाई पक्राउ गरिएको हो ।

को.१८ प ४९२२ नम्बरको मोटरसाइकल चालक सुनसरीको झुम्का बस्ने २८ वर्षिय विनोद सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्र सरदारसँग नभएपछि चेकिङमा खटिएको प्रहरीलाई बिलबुक भित्र राखेर पैसाँ दिने क्रममा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका सरदारलाई प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्