विराटनगर, २८ बैशाख । विराटनगर ५ सम्झना चोकमा शनिबार विहान ११ ः ३० को समयमा दुई मोटरसाईकल एक आपास ठोक्कीदा ४ जना गम्भिर घाईते भएका छन् ।
सम्झना चौकस्थित विपरीत दिशाबाट आईरहेको को.३३प ४७३४ नम्बरको पल्सर र स.९ प ९७०६ नम्बरको अपाची बाईक एक आपसमा ठोक्किदा ४ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा सप्तरी निवासी वर्ष १८ मनिस यादव, रुपनीका १८ बर्षिय प्रमोद यादव तथा लाहान ५ का २५ वर्षिय विनोद अधिकारी र २२ बर्षिय दिनेश शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक शिव कुमार पोखरेलले जनकारी दिनुभयो ।
घाईतेमध्ये ४ जनाको विराट नर्सिङ होममा उपचार भईरहेको छ भने ३ जना सिकिस्त रहेका कारण आईसियूमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।