विराटनगरको नोवेल अस्पताल परिसरमा ५ सय विरामीका कुरुवालाई सामुहिक भोजन किन ? कारण यस्तो छ

<span class='c1'>विराटनगरको नोवेल अस्पताल परिसरमा ५ सय विरामीका कुरुवालाई</span> <span class='c2'>सामुहिक भोजन किन ? कारण यस्तो छ</span>

विराटनगर, २८ वैशाख । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएका छन् ।
प्रणामी युवा परिषद्ले शनिबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका करिब पाँच सय बिरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराएका हुन् ।
हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराएको श्री कृष्ण कृष्ण प्रणामी युवा परिषद् मोरङका अध्यक्ष गोपाल प्रसाद ढकालले जानकारी दिए ।
धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै आज विरामीको कुरुवाहरुलाई भोजन गराईएको बताउनुभयो । ‘आजको कार्यक्रम आठौंैं पटक रहेको र यसका अलवा रत्तदान, अपाङहरुलाई ह्वील चियर तथा मठ मन्दीर सरसफाई गरिदै आएका छौ ।’
सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सघ संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको उनले बताए ।
‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ अध्यक्ष ढकालले भने, ‘पूण्य कमाउन हामीले यसरी बिरामी र कुरुवा तथा असहायहरूलाई भोजन गराउँदै आएका छौं ।’ पूण्य काममा कसैले सहयोग गर्ने चाहे सहयोग गर्न संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्