६ करोडको लगानीमा विराटनगरको मलाया रोडमा दिव्य ज्योती अस्पताल संचलानमा छिमेकी राष्टले पनि सेवा लिन सक्ने

<span class='c1'>६ करोडको लगानीमा विराटनगरको मलाया रोडमा दिव्य ज्योती</span> <span class='c2'>अस्पताल संचलानमा छिमेकी राष्टले पनि सेवा लिन सक्ने</span>

विराटनगर २८ वैसाख । सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि विराटनगर–१४ मा दिव्यज्योति अस्पतालको स्थापना गरिएको छ ।
न्यूनतम शुल्कमा दक्षजनशक्तिद्वारा उच्चस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले स्थापित अस्पतालले मोरङ जिल्ला सहित सीमावर्ती भारतीय शहरीका विरामीहरुले सहज उपचार पाउने विश्वास लिएको छ ।
करिब ६ करोडको लगानीमा शनिबारदेखी संचालनमा आएको अस्पतालको संघीय सांसद शिवकुमार मण्डलले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलले वर्तमान सरकारले शिक्षा र स्वास्थ्य दायित्व लिने वताउदै विद्यार्थीहरुले विदेश अध्ययन गर्न जाँदा रकम कमाउने उद्देश्यले हैन त्यहाँको प्रविधि ल्याउनमा विशेष ध्यान दिन आग्रह गरे ।
प्रदेश सदस्य जयराम यादवले अस्पतालले विरामीहरुलाई ठगी हिसावले हैन सेवा भावले राम्रो र कम शुल्कमा सहज रुपमा उपचार सेवा दिनपर्नेमा जोड दिए ।
डा. एनएन झा, विराटनगर –१४ का अध्यक्ष वलदेव यादव लगायतले अस्पताल स्थापनाले यस क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध हुने विश्वास व्यक्त गरे ।
नवस्थापित अस्पतालले दक्ष चिकित्सकद्वारा २४ घण्टे आपतकालीन सेवा, दैनिक वहिरिङ , स्त्री रोग तथा प्रसुति ,नवजात शिश तथा बाल रोग, आँखा जाँच तथा शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, मृगौला प्रोस्टेट, मुत्रनली, मुत्रथैली र मुत्ररोग सम्वन्धीको व्यावस्था गरेको छ ।
त्यसैगरी नाक,कान,घाँटी, दाँत, मुख सम्वन्धी, ईसीजी, डिजिटल एक्से, अल्ट्रसाउण्ड,स्वचालित ल्याव फार्मेसी लगायतका सेवा उपलव्ध गराउन अस्पतालका निर्देशक पुष्प विक्रम वस्तेलले जानकारी दिए । अस्पतालमा कम्लेश कर्ण, राम सेवक साह, विन्देश्वर महत, डा. शोभीत पौडेल लगायतको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्