सामाजिक रुपान्तरणको अभियानमा विराटनगरका युवा, सरसफाई अभियान पछि सचेतनामा केन्द्रीत

सामाजिक रुपान्तरणको अभियानमा विराटनगरका युवा, सरसफाई अभियान पछि सचेतनामा केन्द्रीत

विराटनगर, २८ बैशाख ।
विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालोले थालेको अभियान लामो समय बितेको छ । हरेक शनिवार सरसफाई देखि बिभिन सचेतना मुलक चित्र निर्माण गर्दै आएको अभियानले आज पनि त्यो अभियानलाई निरन्तरता दिएको छ ।

समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर हिँडेको परिवर्तनका लागि हातेमालो अभियानले विगत डेढ बर्ष देखि सरसफाई अभियान संचालन गरिरहेको थियो । तर पछिल्लो केही हप्ता देखि अभियानलाई फरक रुपमा अगाडि बढाएको छ ।
विगत १० हप्तादेखि विराटनगर र आसपासका क्षेत्रहरुमा जनचेतनाका लागि सांकेतिक भित्ते चित्र बनाउँदै आएकोमा आज विराटनगर २ सोमबारे हाटमा रहेको जनता नमुना उच्च माध्यामिक विद्यालयको पर्खालमा भित्तेलेखन गरेको छ । अभियानले बलत्कार बिरुद्दको सांकेतिक चित्र निर्माण गरिएको अभियानका संयोजक बिनोद परियारले जानकारी दिए ।
भाषण र आश्वासनले सामज र देश कहिले परिवर्तन नहुने निश्कर्ष निकालेका युवाहरुले जनचेतना मुलक अभियान संचालन गर्न सकेमा सकारात्मक समाज रुपान्तरणको लागि सार्थकता मिल्ने परियारले बताए ।
अभियान्ता सरोज कोईरालाले हरेक शनिवार सामाजिक रुपान्तरणको लागि कायृक्रम संचालन गर्दै आएको बताए । हप्तामा ६ दिन बिद्यालय जाने कोईराला हप्ताको एक दिन भएपनि समाज र राष्ट्रका निम्ति समय दिन पाउँदा खुसी लागेको बताउँछन् ।
यो अभियानमा बिद्यार्थी मात्र हैन सामाजिक क्षेत्रका अगुवा, बिद्यार्थी तथा सरकारी कर्मचारी पनि सहभागी हुन्छन् । अभियानकर्मी मध्येका एक राम पोख्रेलले विराटनगरबाट शुरु भएको अभियानलाई मोरङ जिल्लाका धेरै स्थानमा विकास गरिनुका साथै अन्य जिल्लामा समेत पुर्याउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्