प्रदेश १ का प्रमुख सहित दुई मन्त्रीलाई बिराटनगरमा सम्मान

प्रदेश १ का प्रमुख सहित दुई मन्त्रीलाई बिराटनगरमा सम्मान

विराटनगर, २९ बैशाख ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले प्रदेश–१ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङसहित दुई मन्त्रीलाई सम्मान गरेको छ ।
विराटनगरलाई स्थायी राजधानी घोषणा गराउन भूमिका खेलेको भन्दै सेवाकेन्द्रले प्रदेश प्रमुख तुम्बाहाङसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई सम्मान गरेको हो ।

सेवाकेन्द्रको प्रदेश १ भवनमा आज आयोजित कार्यक्रमकाबीच सम्मान गरिएको हो । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र प्रदेश–१ की प्रमुख सञ्चालिका ब्रह्माकुमारी गीताले उनीहरुलाई दोसल्ला र स्मृति चिन्हसहित सम्मान गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले असल र चरित्रवान् नागरीक निर्माण गर्न सेवाकेन्द्रले खेल्दै आएको भुमिकाको प्रशंसा गरे ।

यस्तै कानुनमन्त्री कार्की र सामाजिक विकासमन्त्री घिमिरेले सकारात्मक समाज परिवर्तनमा राजयोग सेवाकेन्द्रको भुमिका उल्लेखनीय रहेको बताएउँदै सेवा केन्द्रलाई थप विस्तार गर्दै लानुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा राजयोग प्रशिक्षक तुलसी उप्रेतीले राजयोग सेवाकेन्द्रले जात, समुदाय, वर्ग र धर्मको भेदभाव नगरी नागरिकको चरित्र उत्थानमा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्