अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, वैशाख २९ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दै छन् ।

नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झन्डै ४८ हजार ९ सयभन्दा धेरै नर्स रहेको नेपाल नर्सिङ परिषद्को तथ्यांकमा उल्लेख छ । नेपालमा सरकारी तथा निजी क्षेत्रमा गरी झन्डै साढे दुई सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजारभन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् ।

योग्यताअनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनुजस्ता कठिनाइ अहिले भोगिरहेका मुख्य समस्या भएको नर्सहरुको गुनासो छ । विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि एकजना नर्स हुनुपर्ने प्रावधान छ । तर, नेपालमा एकजना नर्सले २० देखि ३० जनाभन्दा धेरै बिरामी हेर्नुपरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्