शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ पक्राउ

<span class='c1'>शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने</span> <span class='c2'>उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ पक्राउ</span>

उर्लाबारी २९ वैसाख । झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए । “घटनाको विषयमा सोधपुछका लागि राखेका छौँ, अहिले सो शंकास्पद बस्तु कसले किन राखेको भन्ने विषय बुझ्दै छौँ,” उनले भने । घटनापछि उर्लाबारी प्रहरी कार्यालयमा राखिएका श्रेष्ठका विषयमा एसपी केसीले भने, “सोधपुछ र बुझ्ने क्रममा उहाँलाई उर्लाबारी प्रहरीमा राखेका छौँ। तर, कसैलाई थुनामा राख्ने काम भएको छैन, अहिले घटनाबारे बुझने क्रममा छौँ, सोधपुछका क्रममा रहेका छौँ।” सोधपुछका क्रममा प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा शेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिए ।
देशसञ्चारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्