दुर्घटना न्यूनिकरण गर्न विराटनगरमा सडक सुरक्षाको सप्ताहव्यापी कार्यक्रम, यस्ताे थियाे अभियान

दुर्घटना न्यूनिकरण गर्न  विराटनगरमा सडक सुरक्षाको सप्ताहव्यापी कार्यक्रम, यस्ताे थियाे अभियान

विराटनगर, २९ वैशाख । सडक दुर्घटना न्यूनिकरण गराउने उदेश्यका साथ आयोजना गरिएको साप्ताहव्यापी कार्यक्रम समापन भएको छ ।

सुरक्षित तथा दिगो यात्रा नेपाल प्रदेश नम्बर एकले आयोजना गरेको साप्ताहव्यापी कार्यक्रम आईतबार समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपालको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय मोरङ र युथ युनिट अफ नेपालको सहकार्यमा संचालन गरिएको कायत्र्रmम विभिन्न जिल्लामा आयोजना गरिएको थियो ।

गत वैस्शाख २३ गतेदेखि विराटनगरबाट सुरु गरिएको कार्यक्रममा सिटी सफारी चालकलाई माक्स वितरण, सवारी साधनमा स्टिकर टाँस्ने, पैदलयात्रीहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतना गरिएको सुरक्षित तथा दिगो यात्रा नेपालका मोरङ संयोजक हमिद अजादले जानकारी दिए ।
विराटनगर रानीमा रहेको न्यू मुन माध्यामिक बिद्यालयमा भएको समापना कार्यक्रममा समाजसेवी तथा नेकपाका नेता पर्शुराम बस्नेत, राप्रपा मोरङ जिल्ला अध्यक्ष माधम आर्चय, काग्रेसका युवा नेता राजेश गुप्ता, युथ युनिटी अफ नेपालका अध्यक्ष जिउद्धिन चिष्टि तथा अनेरास्ववियु विराटनगरका सचिव नविन निरौलाको उपस्थित रहेको सुरक्षित तथा दिगो यात्रा नेपाल प्रदेश नम्बर एक अध्यक्ष साहिल दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्