छिमेकीको घरमा स्थानीयको चासो, विराटनगरमा घर नक्सा पास नगरी संरचना निर्माण गरेको भन्दै उजुरी

छिमेकीको घरमा स्थानीयको चासो, विराटनगरमा घर नक्सा पास नगरी संरचना निर्माण गरेको भन्दै उजुरी

प्रेम देवान
विराटनगर, २९ वेशाख । विराटनगर महानगरपालिका भित्रै नक्सापास नै नगरी घर बनाउने क्रम अझै नरोकिएको पाईएको छ । विराटनगर – १ भट्टा चौकदेखि पुर्ब परोपकार मार्गकी रूचिला लोहनी पन्तको निमार्णधीन तीन तले घरको नक्सा पास नगरिकन मापदण्ड विपरीत घर बनाएको भन्दै विराटनगर महानगरपालिकामा उजुरी परेका छ ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार नगर क्षेत्रमा कुनैपनि निजि तथा सरकारी घर, भवन निर्माण गर्दा नक्सा पास गर्नुपर्ने प्रावधान छ । तर लोहनीले नक्सा पास नगरि कित्ता नम्बर २७१२ मा तीन तले पक्की घर बनाएको भन्दै उजुरी परेको हो ।
यस्तो घटना प्रकृति
गत असोज २ मा महानगरापलिकामा उजुरी पर्यो । महानगरपािलकाले तत्काल सोही दिन लोहनीको नाममा पत्राचार गर्दै निर्माण कार्य रोक्का राखी कार्यालयमा उपस्थित हुन पत्र काट्यो । महानगरको पत्रलाई वेवास्ता गर्दै उनले महानगरपालिकामा उपस्थिती नभई निर्माण कार्य जारी राखिन् ।
अहिले घरको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । ‘सेटब्याक’ को लागि सडकदेखि ढेड मिटर छोडेर घर निमार्ण गर्नुपर्ने हुन्छ । लोहनीले त्यो पनि नछोडी घर बनाएको स्थानियको आरोपछ ।
सटब्याक र महानगरपालिकाले तोको मापदण्ड विपरित बनाएको घर भत्काइने इन्जिनियर अर्जुन थापाले बताए ।
भवन संहितामा उल्लिखित मापदण्ड विपरीत भवन निर्माण गरेमा नगरपालिका वा शहरी विकास कार्यालयले त्यस्तो भवन वा कुनै भाग भत्काउन आदेश दिई त्यस्तो कार्य गर्नेलाई पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ऐनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्