माेरङमा हुँदा एसपी रहेका विश्वराज पाेखरेललाई डीआईजीमा बढुवा पछि दर्ज्यानी चिन्ह प्रदान

माेरङमा हुँदा एसपी रहेका विश्वराज पाेखरेललाई  डीआईजीमा बढुवा पछि दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा खनालले डीआईजीमा बढुवा भएका विश्वराज पोखरेल, डा. रामकृष्णराज भण्डारी र डा. विजयराम श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । भण्डारी र श्रेष्ठ प्राविधिक समूह तर्फका हुन् ।

उनीहरुलको मन्त्रीस्तरीय निर्णयबाट २७ वैशाखमा डीआईजीमा बढुवा भएको थियो । बढुवा भएका डीआईजीहरुलाई दज्र्यानी चिन्ह लगाएपछि प्रहरी महानिरीक्षाक खनालले प्रहरी संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ अगाडि बढ्न निर्देशन दिए ।

प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न अघि बढेको भन्दै खनालले नेतृत्वमा रहँदा लिने निर्णय दूरगामी सोचमा आधारित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै पोखरेलले प्रहरी संगठनलाई नमूना संगठनको रुपमा चिनाउन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरीको इतिहासलाई थप उजिल्याउने काम गरेको भन्दै उनले सो कार्यक्रमलाई संगठनको संस्थागत कार्यक्रमका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्