विराटनगरका राजिव जैनले पाए एक करोड, नेपालमै पहिलो ब्यक्ति जसले १ करोड प्राप्त गरे

विराटनगरका राजिव जैनले पाए एक करोड, नेपालमै पहिलो ब्यक्ति जसले १ करोड प्राप्त गरे

विराटनगर, २९ बैशाख।  नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगरका राजिव जैन भएका छन् ।  एपीवान एचडी टेलिभिजनबाट भर्खरै प्रसारण भएको   को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले १ करोड प्राप्त गरेका हुन्  ।

करोडपति हुनेमा उनै पहिलो ब्यक्त्ति हुन् ।  एपीवान टेलिभिजनको कार्यक्रम को बन्छ करोडपतिको ४२ औ अंकमा उनले १५ वटै प्रश्नको जवाफ दिएर १ करोड प्राप्त गरी करोडपति बनेका हुन् ।  १ करोड प्राप्त गरे विश्व भ्रमणमा निस्कने सोचमा रहेका राजिवको लागि आजको जीतले उनलाई बाटो खुल्ला गरेको छ ।

उनलाई साेधिएकाे अन्तिम १ कराेडकाे प्रश्न थियाे, ' २००७ सालकाे प्रजातन्त्र पछिकाे पहिलाे ऐतिहाँसिक चुनाव कहिले घाेषणा भएकाे थियाे ?' भनि साेधिएकाे प्रश्नमा उनले   ' बि‍क्रम सम्वत २०१४ माघ १९ गते जवाफ दिए पछि १ कराेड हात पारेका हुन् ।

विराटनगरमा जन्मिएका ४३ बर्षिय राजिब विगत १० बर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् ।  विराटनगरमा नै रहेको अरनिको बोर्डिङ स्कुलबाट एसएलसी दिएका बिद्यार्थी हुन् । भारतमा बसेर पढेका बेला उनी कौन बनेगा करोडपतिमा धेरै पटक प्रयास गर्दा पनि नभएपछि फेरी नेपालमा शुरु भएको को बन्छ करोड पतिमा छनौटमा परेको उनले कार्यक्रमको दौरान भनेका छन्  । १८ बर्षदेखि को बन्छ करोड पतिको लागि प्रयासरत उनी आजको कार्यक्रममा पहिलो १ करोड प्राप्त गर्ने ब्यक्ति हुन् ।

यसअघि नै को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन (को बन्छ करोडपति)ले आफ्नो प्रोमो भने सार्बजनिक गरिसकेको थियो ।  को बन्छ करोडपति एपीवान टेलिभिजनबाट हरेक शनिवार, आईतवार र सोमबार साँझ ८ः४५ देखि प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्