लागूऔषध गाँजा सहित विराटनगरबाट दुईजना पक्राउ

लागूऔषध गाँजा  सहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर, ३० बैेशाख । विराटनगर महानगरपालिका-१८ बाट प्रहरीले आईतवार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसोको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो ।

गाँजा सहित मोरङ जहदा गाउँपालिका-१ बस्ने बर्ष ३५ को धनपत यादव र टेम्पो चालक रंगेली नगरपालिका- ४ बस्ने बर्ष ३५ को सुरज कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।    बरामद गाँजा सहित पक्राउ परेका दुवै जना र टेम्पोलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्