विराटनगरमा महिला संघको दुई दिने प्रशिक्षण, कांग्रेस नेतृत्वसँग नेतादेखि कार्यकर्तासम्म रुष्ट

विराटनगरमा महिला संघको दुई दिने प्रशिक्षण, कांग्रेस नेतृत्वसँग नेतादेखि कार्यकर्तासम्म रुष्ट

विराटनगर, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए ।

नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै कांग्रेस प्रती जनताको विश्वास जोडिएकाले पार्टीलाई समय सापेक्ष वनाउनुुपर्ने वताएका हुन् ।
समयमा महाधिवेशन नभए पार्टी झन कमजोर हुुने दाबी गर्दै तोकिएको मितिमा महाधिवेशन हुुनुुपर्ने वताए । नेता पौडेलले कुुनैपनि अवस्थामा महाधिवेशनको मिति सार्न नहुुने स्पष्ट पारे ।
पार्टीभित्रको अन्तरद्धन्दका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नुु परेकाले समयमा पार्टीको महाधिवेशन गरेर कांग्रेसलाई वलियो वनाउनुुपर्ने उनको भनाई छ ।
नेपाली कांग्रेसका महामंत्री डा संशाक कोइरालाले महिलाहरुले आफनो हक अधिकारका लागी संगठित हुुनुुपर्नेमा जोड दिए । पार्टीभित्र हरेक तहतप्का महिलाहरुलाई ५० प्रतिशत आरक्षण हुुनुुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण सिटौला, नेर्तत्वको अन्तरकलह र लुुछाचुुडिले पार्टीलाई कमजोर वनाइरहेकाले यस्को उचित व्यवस्थापन हुुनुुपर्ने वताए । कांग्रेसभित्र विश्वासको संकट रहेको भन्दै नेतृत्वतहले आफुुलाई सच्याउनुुपर्ने उनको भनाई थियो ।
कांग्रेस केन्द्रिय सदस्य रामशरण महतले कांग्रेस महासमितिले गरेको निर्णयलाई केन्द्रिय समितिले उल्टाउन नमिल्ने बताए । कांग्रेस केन्द्रिय सदस्य महेश आचार्यले संवैधानिक अंगमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।
केन्द्रिय सदस्य डा शेखर कोइरालाले पार्टीको विधान विपरित कांग्रेस नेतृत्वले अलोकतान्त्रीक काम गरेकै कारण कारण पार्टीले यो अवस्था भोग्नु परेको वताए । केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले सरकार लोकतान्त्रिक मुुल्य मान्यतालाई विर्सेर अघि वढेकाले काग्रेसले त्यसलाई सहि ट्रयाकमा ल्याउने दाबी गरे । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य रामकृष्ण यादव, गुुरुराज घिमिरे, हसन अन्सारी लगायतले पार्टी एकतमा जोड दिएका थिए । त्यस्तै १४ जिल्लाका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे । पार्टी नेतृत्वमा बसेर कसैले पनि पार्टीलाई कमजोर बनाउने अधिकार नभएको आरोप लगाउँदै नेबिसंघ, महिला संघ, तरुण दल लगायतका सबै भातृ संगठनहरुमा समेत कलह र किचलो सिर्जना गराएको आरोप लगाएका हुन् ।
नेपाल महिलासंघ मोरङ सभापति शान्ता पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पुुर्व मंत्री कमला पन्त , काठमाण्डौ महानगरपालिका उपप्रमुुख हरिप्रभा खडगी, महिलासंघ झापा सभापती सुुशिला ढकाल, सुुनसरी सभापति विजया कटुुवाल, सखुुसभा सभापती निरु वस्नेत, महिलासंघ सचिव प्रमिला थापाले पार्टीमा महिला सहभागिता जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्