आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने ,हावाहुरीसहित वर्षाको सम्भावना

आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने ,हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख ३० ।

आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने छ । पूर्वी, मध्य र पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्