मुखमा कालोपट्टी बाँधेर एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड

मुखमा कालोपट्टी बाँधेर एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड

काठमाडौँ बैशाख ३० ,

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।

उनले तोडफोडबाट ढोका तथा झ्यालका सिसा फुटेको बताए ।  तोडफोडमा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि अहिले आलोचना भइरहेको छ ।

समाजवादी पार्टीका कार्यकर्ताहरु तोडफोडमा संलग्न भएको प्रहरीको आशंका छ । (देशसंचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्