अन्तरजातीय बिहेपछि बूढीगंगाकाे सख्मा टोलका मुसहरले पानी समेत पाएनन्

<span class='c1'>अन्तरजातीय बिहेपछि  बूढीगंगाकाे सख्मा टोलका</span> <span class='c2'>मुसहरले पानी  समेत पाएनन्</span>

विराटनगर, ३१ बैशाख । मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु ।

थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामूहिक टयुबवेल उखेलेर फालिदियो । नयाँ टयुबवेल नगाड्न पनि धम्क्याइयो । अहिले ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै हिँडिरहेका छन् । कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् । छोरा खोज्न भनेर उनीहरू हिँडेपछि घर खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्