प्रदेश १ सरकारद्वारा प्रदेश २ का हावाहुरी प्रभावितकालागि १ कराेड रकम हस्तान्तरण

प्रदेश १ सरकारद्वारा  प्रदेश २ का हावाहुरी प्रभावितकालागि १ कराेड रकम हस्तान्तरण

विराटनगर, ३१ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत चैत्र १७ गते प्रदेश २ को बारा र पर्सा जिल्लामा धनजनको क्षति हुने गरी आएको हावाहुरीबाट प्रभावितहरुलाई राहत स्वरुप एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई  भेटेर चेक हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै मुख्यमन्त्री राईले देशका जुनसुकै ठाउँमा प्राकृतिक प्रकोप आइपरेपनि सबै मिलेर सहयाेग  गर्नु हरेक सरकारको कर्तव्य भएकोले प्रदेश १ सरकारले एक करोड रुपैयाँ उपलब्ध गराएको बताए । उनले सवै सरकारमा यहि भावनाको विकास हुनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री राईले आफ्नो प्रदेशको अनुभव सुनाउँदै सरकारले उच्चतम् सहमतिका साथ अघि बढिरहेको जानकारी दिए । उनले प्रदेश सरकारहरु अझैपनि संघीय सरकारकै संरचनामा काम गर्न बाध्य हुनुपरेको भन्दै पहिलो बर्षमा असह्य पीडाबोध भएको सुनाए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समकक्षी सरकारहरुको आपसी सहयोगलाई प्रदेश २ को सरकारको तर्फबाट सह्रानीय कार्यका रुपमा लिएको बताए । उनले एउटा प्रदेशको दुःख पीडामा अर्को प्रदेशले पनि दुःख महसुस गर्नु नै सवैभन्दा ठुलो सहयोग भएको बताए ।

प्रभावित स्थानीय तहहरुमा बर्षात अगावै कम्तिमा छानो लगाइदिने गरी नेपाली सेनाले काम गरिरहेको बताए । समयमा नै काम सम्पन्न हुनेमा आफु आशावादी रहेकाे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्