विराटनगर महानगरमा अख्तियारको चासो, भ्रष्टाचार भएको आशंकामा छानविन शुरु

विराटनगर महानगरमा अख्तियारको चासो, भ्रष्टाचार भएको आशंकामा छानविन शुरु

विराटनगर, ३१ बैशाख ।
विराटनगर महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । महानगरपालिकाका खर्चको बिषयमा गुनासो बढेपछि अख्तियारले छानविन शुरु गरेको हो ।

महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर डेढ बर्ष अगाडि एउटा रोलर खरिद गरेको थियो । १ करोड १५ लाख रुपैयाँ खर्च गरेर खयरद गरिएको रोलर अहिलेसम्म प्रयोगमा आएको छैन । महानगर स्वयमले कुनै मर्मत वा निर्माणको काम नगर्ने गरेको बिषय जान्दाजान्दै किन रोलर खरिद गरियो भन्ने प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयमा उजुरी परेपछि अनुसन्धान शुरु भएको हो ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिराटनगर महानगरपालिका भित्रको अन्य वितीय अनुशासन उल्लंघनको बिषयमा अनुसन्धान अघि बढाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए । उजुरीका बारेमा विस्तारमा जानकारी दिन नमिल्ने भन्दै ढकालले बिभिन्न संचार माध्याममा प्रकाशित÷प्रसारित समाचारलाई औपचारिक ढुंगले उजुरीको रुपमा दर्ता गरेर समेत अनुसन्धान अघि बढाईएको जानकारी दिए । महानगरपालिकाका कुन कुन बिषयमा अनुसन्धान भईरहेको भन्ने ढकालले बताएनन् ।

महानगरपालिकासँग ६ वटा साना सवारी साधन हुँदाहुँदै निजी गाडी भाडामा लिएर चलाउन थालेको बिषयमा पनि अनुसन्धान शुरु भएको छ । विराटनगर महानगरपालिकासँग ४१२ नम्बरको गाडी खाली हुँदा हुँदै पनि महानगरले दैनिक ५ हजार तिर्ने र ईन्धन पनि आफैँले उपलब्ध गराउने सर्तमा गाडी भाडामा लिएको छ । गाडी सफाई तथा भेटेनरी शाखाका प्रमुख हिरालाल यादवको माताहतमा चल्दै आएको छ ।

यसबाट महानगरलाई मासिक २ लाख ब्ययभार थपिएको छ । विराटनगर महानगरपालिकाले धुलोबाट आजित नगरवासीलाई राहत दिने भन्दै गत बर्ष ९३ लाखमा खरिद गरेको धुलोतान्ने ब्रुमर मेसिन समेत प्रयोगमा आएको छैन । तर बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बु्रमर मेसिन बिग्रिएकोले मर्मत भईरहेको बताए ।   कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्