गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

बिराटनगर बैशाख ३१ ,

आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ ।

बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन  "मेरो परिवारमा खासै त्यति पढेलेखेका कोही छैनन् । मेरो बाबुले मलाई धेरै परिश्रम गरेर पाँच सम्म पढाउनु भयो" । केही बर्ष बाहिर काम सिकेर आएर उनले पसल संचालनमा ल्याएका हुन् । उनको पसलको नाम "सोनु जिन्स रिपेरिंग सेन्टर हो ।

सुरुसुरुमा कहिले फिटीङ बिग्रिन्थियो त कहिले नाप मिल्दैनथ्यो ,बिस्तारै सिक्दै गए" उनि बताउछन ।

आज उनकोमा दिनको ४०-५० ग्राहक आउने गरेको उनि बताउछन । अहिले उनि महिनाको २० देखि ३० हजार कमाउने गर्छन।

मेहनत गर्न रुचाउने उनी भन्छन् "आफ्नो जिम्मेवारीलाई राम्ररी बुझ्नु पर्छ र आफु माथि जहिले बिश्वास राख्नुपर्छ "। "सोनु दाइ" नयाँ पुस्ताका लागि प्रेरणाका श्रोत बन्न पुगेका छन् ।

प्रस्तुति : प्रेम पारख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्