सात दिनमै काजकिरिया सकेकोमा गाउँलेबाट बहिस्कार, दिए प्रशासनमा उजुरी

<span class='c1'>सात दिनमै काजकिरिया सकेकोमा गाउँलेबाट</span> <span class='c2'>बहिस्कार,  दिए प्रशासनमा उजुरी</span>

वीरगञ्ज, ३१ बैशाख । काजकिरिया १३ दिनको सट्टा सात दिनमै सकेको भन्दै गाउँबाट विस्थापित गरिएको बारा सुवर्ण गाउँपालिका–६ काे पीडित परिवारले मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएका छन्।

पीडित परिवारका तर्फबाट मृतक अनुठा यादवकी श्रीमती विन्दा देवीले मंगलबार आफ्नो परिवारका लागि शान्ति सुरक्षा र पीडकलाई आवश्यक कानुनी कारबाहीको माग गर्दै प्रशाशनमा उजुरी गरेकी हुन्।

सुवर्ण गाउँपालिका वडा नम्बर ६ धर्मपुरका वैद्यनाथ गिरी, हृययनारायण राउत, विद्यानन्द यादव, रघुनाथ चौरसिया, भरोसी राउतसहित १२ जना विरुद्ध विन्दा देवीले निवेदन दर्ता गराएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले जानकारी दिए।

उजुरी लिँदै कार्कीले यस सम्बन्धमा आवश्यक कानुनी प्रकृया अघि बढाइने बताए।

गत वैशाख १५ गते मृत्यु भएका विन्दा देवीका श्रीमान अनुठा यादवको काजकिरिया उनको परिवारले सात दिनमै सकाएपछि गाउँकै केही अगुवाको भेलाले पीडित परिवारसँग बोलचाल र घरव्यवहार गर्न समेत स्थानीयलाई रोक लगाएर सामाजिक वहिस्कार गरेका थिए।

स्थानीयको उर्दिपछि विन्दा देवीको परिवार गएको वैशाख २३ गतेदेखि गाउँबाट विस्तापित भएर हेटौँडाको कमानेमा बस्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्