प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कंदै छन् ।

उनी समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको टोली बुधबार अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम भ्रमण गरेका थिए । उनी वैशाख ३० देखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् । कम्बोडियाबाट बुधबार उनी स्वदेश फर्कन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्