तयार भयो राष्ट्रपति चढ्ने चर्चित हेलिकोप्टर, अर्काे सातादेखि उडान भर्ने सम्भावना

तयार भयो राष्ट्रपति चढ्ने चर्चित हेलिकोप्टर, अर्काे सातादेखि उडान भर्ने सम्भावना

काठमाडाैँ, १ जेठ ।  कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ।

पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो। इटाली र ब्रिटिस कम्पनीको साझेदार परियोजनाअन्तर्गत बनेको उक्त हेलिकोप्टर ठूलो आर्थिक भारपछि नेपाली आकाशमा उडानका निम्ति तयार भएको छ। सम्भवतः त्यसले अर्काे सातादेखि राष्ट्रपतिको उडान भर्नेछ।  जनआस्था साप्ताहिकले यो खबर लेखेको हो।

सम्पूर्ण पार्टपुर्जा किन्दा, सामान आउन ढिलाइ हुँदा अर्थात् डलरको भाउमा आएको उतारचढावका कारण ६ करोड दण्ड तिरेर बल्ल नेपाल सरकारको स्वामित्वमा आएको छ।आठ महिनासम्म त्यसै थन्किएर बसेको थियो।

१४ दशमलव एक मिलियन डलरमा अर्काे हेलिकोप्टर पनि ल्याउने अर्डर  भएको छ। यो वर्षको अन्त्यसम्ममा उक्त हेलिकोप्टर आउने अर्थ स्रोतको दाबी छ।

प्राकृतिक प्रकाेप र विशिष्ट व्यक्तिकाे उडानमा यसकाे प्रयाेग हुन्छ। एउटा अस्ती साेमबार परीक्षण उडान गरिएकाे छ। सम्भवतः अर्काे हेलिकाेप्टर राष्ट्रपति, प्रधानमन्त्रीहरुकाे उडानमा मात्र प्रयाेग हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्