छाेरीकाे मृगौला उपचारका लागि विराटनगरमा भाैँतारिँदै आमा धनमाया तामाङ

छाेरीकाे मृगौला उपचारका लागि विराटनगरमा भाैँतारिँदै आमा धनमाया तामाङ

विराटनगर, १ जेठ ।  दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्।

विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षिया आमा धनमायालाई दिनहुँ कान्छी छोरी पार्वतीको पिरलो पर्दै गएको छ।

आर्थिक अवस्था निकै कमजोर रहेको तामाङ परिवारमा आमा धनमायाले छोरीको जीवनरक्षाका लागि सहयोगदातालाई गुहारिरहेकी छन्। हाल कोशी अस्पतालमा उपचाररत पार्वतीको दुवै मृगौलामा डेढवर्षदेखि खराबी देखिएको थियो।

त्यसयता गत मंसिरबाट भने उनको उपचारका क्रममा डाइलाइसिस सुरु गरिएको धनमायाले गहभरी आँशु राख्दै बताइन्। सामान्य लेखपढ गरेकी छोरीको जीवनरक्षाको अपिल गर्दै पत्रकार महासंघ मोरङको भवनमा पुगेकी धनमायाले आर्थिक अवस्था कमजोर हुनुका साथै औषधीका लागि समेत धौधौ परेको गुनासो गरेकी गरिन्।

महानगरमै बसोबास गर्दै आएपनि तामाङको परिवार अरुको घरमा भाँडा माझेर दैनिकी गुजारा गर्दै आएको छ। उपचारका क्रममा हालसम्म धनमाया परिवारले १ लाख ५० हजार रुपैयाँ खर्चिसकेको धनमायाले बताइन्।

धनमायाले पत्रकारसामु सोही उपलब्ध ४० हजार रुपैयाँले छोरीको औषधी अहिलेसम्म धानिरहेको जानकारी दिइन्। आँखाभरि आसु बनाउदै उनले भनिन्, ‘अब रकम अभाव हुन थाल्यो। छोरीलाई समेत पीडा हँुदै गएको छ। म एक्लो वृद्ध कता जाऊ। कृपया मलाई छोरीको रक्षाका लागि सहयोग गरिदिनुस्।’

चिकिसत्सकले उपचारका क्रममा नियमित डाइलाइसिस गर्न सुझाव दिएपनि तामाङ परिवार रकम अभावकै मर्कामा रहेको छ। धनमायाका तीन छोरी मध्ये पार्वती कान्छी हुन् भने उनको बुबाको केही वर्षअघि निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्