शुरु भयो नमुना बिद्यालयको ७८ करोड खर्च गर्ने अभियान, ईमान्दार पुर्बक काम भए टंकीको मुहार फेरिन्छ

शुरु भयो नमुना बिद्यालयको ७८ करोड खर्च गर्ने अभियान, ईमान्दार पुर्बक काम भए टंकीको मुहार फेरिन्छ

विराटनगर, १ जेठ ।
बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यामिक बिद्यालय नमुना बिद्यालयहरुमा परेसँगै भोतिक संरचना निर्माणको काम शुरु गरेको छ । टंकीसिनवारी चौकमा रहेको नरग्राम माध्यामिक बिद्यालयले नमुना बिद्यालयको सुचिकृतमा परेपछि त्यसको लागि आबस्यक पर्ने भौतिक पुर्बाधारका कामहरु शुरु गरेको हो । पहिलो बर्ष बिद्यालयका लागि आएको एक करोड ६५ लाख खर्च गर्नका लागि काम शुरु भएको हो ।

बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा रहेको करिब ४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा पहिलो चरणमा ४ कोठे भवनको सिलान्यास गरिएको हो । नेपाली कांग्रेसका नेता डा शेखर काईरालाले गर्नु भएको सिलान्याससँगै आजैदेखि नमुना बिद्यालयको बजेट कार्यान्वयनको काम शुरु भएको हो ।
सिलान्यास गरिएको स्थलमा ४८ कोठा भएको कक्षा कोठा भवन, अडिटोरियम हल, एक सय छात्र र एक सय छात्रा अट्ने होस्टेल, कबर्डहल, आईसीटी ल्याव, संग्राहलय, प्रशासनिक भवन सहित फुटवल खेल मैदान निर्माण हुने छ ।
नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर बस्नेतले बिद्यालयले निर्माण गरेको डिपिआरका आधारमा पाँच बर्ष भित्रमा पुर्बाधारले सम्पन्न बिद्यालय निर्माण हुने बताए । नेपाल सरकारबाट स्थानीय तह बुढीगंगा गाउँपालिकालाई पठाएको १ करोड ५० लाख र शिक्षा विकास तथा समन्वय ईकाईबाट प्राप्त १५ लाख गरी यो बर्ष मात्र नमुना बिद्यालयको भौतिक पुर्बाधार निर्माणमा १ करोड ६५ लाख प्राप्त भएको बस्नेतले जानकारी दिए ।
नेपाल सरकारले नुमना बिद्यालयको रुपमा घोषणा गरेसँगै नमुना बिद्यालय गुरुयोजना निर्माणका लागि गाउँपालिकाले स्वीकृती प्रदान गरेपछि एभरसेफ ईन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार पारेको थियो । त्यस्तै गुरुयोजना अनुसार वडा नम्बर २मा रहेको ४ बिगाहा जग्गा मध्ये २ बिगाहामा प्रयोगशाला सहितको कृषि फर्म, १ बिगाहामा स्वीमिङपुल निर्माण हुने छ भने बाँकी जग्गामा प्रशानिक र कृषिको प्रयोगात्मक भवन निर्माण गर्ने योजनामा बिद्यालयको रहेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव कोईरालले जानकारी दिए ।
देशभरका २ सय २२ बिद्यालय मध्ये मोरङ जिल्लाका ७ बिद्यालय नमुनाको रुपमा रहेका छन् । केही बिद्यालयहरु विवादका बिचमा काम गर्न सकेका छैनन् भने केही बिद्यालयहरुले आएको रकम समेत खर्च गर्न सक्ने अबस्था देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्