‘वर्तमान सरकार राजतन्त्रभन्दा पनि बढी निरंकुश’

‘वर्तमान सरकार राजतन्त्रभन्दा पनि बढी निरंकुश’

काठमाडौं,  १ जेठ । ५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले बुधबार राजधानीमा विरोधसभा गरेको छ ।विरोधसभामा बोल्ने वक्ताहरुले निःशुल्क शिक्षा हुनुपर्ने माग गरे ।

वैज्ञानिक, प्राविधिक र सर्वसुलभ शिक्षा उपलब्ध हुनुपर्ने उनीहरुको माग थियो ।राष्ट्रिय विधार्थी संघका अध्यक्ष रञ्जीत मिश्रले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणको अन्त्य नभएसम्म आन्दोलन गरिरहने चेतावनी दिए ।

वर्तमान सरकार राजतन्त्रभन्दा पनि बढी निरंकुश बनेको भन्दै मिश्रले ३३ किलो सुनकान्ड, निर्मला पन्त हत्याकान्ड, ‘वाइडबडी’ विमानको भ्रष्टाचारजस्ता ठूला कान्डमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताए । विरोधसभामा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्