डा. विमल अग्रवाल फलोअप : नौ दिनदेखि अस्पतालको शैयामा, शुभचिन्तका आँखामा आँसु

डा. विमल अग्रवाल फलोअप :  नौ दिनदेखि अस्पतालको शैयामा, शुभचिन्तका आँखामा आँसु

प्रेम देवान,
विराटनगर, १ जेठ ।
वरिष्ठ बालरोग विशेषज्ञको रुपमा डा. विमल अग्रवाललाई नचिन्ने प्रदेश १ मा सायदै होलान् । धेरै बालबालिकाको उत्कृष्ट उपचार गरेर ख्याती कमाएका डा. अग्रवाल अहिले अस्पताल शैयामा छन् ।

वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात पछि नौ दिन देखि अस्पतालको शैयामा छन् । उनी आफ्नो जाँच गराउँदा गराउँदै अचानक बिरामी भए ।अहिले उनी त्यही अस्पतालको भेन्टिलेटरको एउटा बेडमा अचेत छन् । श्वास र मुटु चलिरहेको छ, मस्तिष्कले काम गर्न छाडेको छ । उनका शुभचिन्तहरु अहिले अस्पतालमा दैनिक सिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । दैनिक २ सयसम्म सुभेच्छुक अस्पतालमा पुग्ने गरेका छन् । डाक्टर अग्रवाललाई भेट्नका लागि आफ्ना स–साना बाबुनानी च्यापेर पुग्ने गरेका छन् । तर उनीहरु त्यहाँ गएपनि डाक्टरका परिवार र आफन्त बाहेक अरुलाई भेट्न पाउँदैनन् ।

यस्ता पनि शुभचिन्तक भेटिए उनीहरु डा अग्रवाललाई आफ्नो तर्फबाट बचाउनको लागी तन, मन र धन सबै सहयोग गर्न तयार थिए । आफ्नो तर्फबाट सबै सहयोग गर्छु भन्दै शुभचिन्तकहरु आउने गरेको डा. अग्रवालका बुबा सावरमल अग्रवालले आवर विराटनगरलाई बताए । ‘नौ दिन देखि छोरो भेन्टिलेटरमा छ, कतै फर्कन्छ कि भन्ने आशामा छौँ, श्रावरमलले भने, डाक्टरहरुले उपचार गरिहरनुभएको छ । तर छोरो अझै फर्कन सकेको छैन ।’
छोराका साथीभाई, ईष्टमित्र अनि शुभचिन्तहरु दिनहुँ आउने गरेका छन् । विमल अग्रवालको स्वास्थ्य लाभको कामना गर्दै उनका परिवार आफन्तजन तथा शुभचिन्तकहरुले पुजापाठ समेत गरिरहेका छन् । सबैका प्रिय मानिएका डा अग्रवाललको फोटो समेत फेसबुकमा पोष्ट गर्दै स्वास्थ्यलाभको कामना गर्ने गरेका छन् ।
उपचारमा खटिएका चिकित्सकको भनाई अनुसार, ‘वाच्ने आधार निक्कै नै कम छ । कुनै ठूलो चमत्कार भए उनले यो संसारमा अर्को जीवन पाउनेछन् ।’
मस्तिष्कले काम गर्न छाडिसकेको विरामीहरु हत्तपत्त फर्कन गाह्रो हुने उपचारमा खटिएका न्युरो सर्जन डाक्टर आईपी चेरियनको भनाई छ । चेरियनले भने, ‘मुटुको धड्कन भने चलिरहेको छ तर मस्तिष्कका नशाहरु भने मरिसकेका कारण बचाउन निक्कै गाह्रो रहेको छ ।’
बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘ब्रेनडेथ’ भएपछि आईसीयुमा उपचार गराईरहेका विमलको उपचारमा न्युरो सर्जन डाक्टर आईपी चेरियन, डा. डिल्ली काफ्ले र न्यूरो फिजिसियन डाक्टर प्रकाश काफ्लेको टोलीले उपचार गराईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्