नेपालको लाइसेन्स र भारतको आधार कार्ड बोक्ने साह विराटनगरबाट पक्राउ

नेपालको लाइसेन्स र भारतको आधार कार्ड बोक्ने साह विराटनगरबाट पक्राउ

विराटनगर, १ जेठ ।
दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक ब्यक्ति पक्राउ परेका छन् । नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि उनलाई गए राति विराटनगर महानगरपालिका–३ खार्जीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस साह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
साह को २६ प ३१६७ नम्बरको मोटरसाइकलमा सवार थिए । सवारी साधन र त्यसका कागजपत्र चेकजाँच गर्ने क्रममा उनीसँग ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परेको श्रेष्ठले बताए ।
सवारी चालक र भारतीय आधार कार्ड दुवैमा नाम भने एउटै छ । सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला परेपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा साहलाई पक्राउ गरेर आज मुद्दा चलाउन म्याद थप गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
साह विरुद्ध दोहोरो नागरिकता किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्