मोरङको झोराहाटमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा चालकदय गम्भिर घाईते नोवेल अस्पतलामा भर्ना

मोरङको झोराहाटमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा चालकदय गम्भिर घाईते नोवेल अस्पतलामा भर्ना

विराटनगर २ जेठ । मोरङको झोराहाट २ मा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चालकदय गम्भिर घाईते भएका छन् । बिहिबार विहान ८ ः ३० बजेको समयमा विराट चोकदेखी विराटनगर आँउदै गरेको को १८ प ५३८७ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आँउदै गरेको को १२ प ६९९८ नम्बरको मोटरसाईकलसँग एक आपस ठक्कर खाँदा दुवै चालक घाईते भएका छन् । घाईते हुनेहरुमा सुन्दर हरैचा ९ का ४६ वर्षिय सिताराम मण्डल र विराटनगर १ बस्ने ५० वर्षिय जिवन गडतौला घाईते भएका हुन् । घाईते दुवैको खुट्टामा चोट लागेको छ भने मोटरसाईकलमा समेत क्षति पुगेको छ । दुवै घाईतेको हाल नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता घनस्याम श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्