समाचार बाहिरिएपछि प्रदेश २ को प्रदेश सरकार सूचना प्रवाहमा कडाइ

समाचार बाहिरिएपछि प्रदेश २ को प्रदेश सरकार सूचना प्रवाहमा कडाइ

जनकपुर, २ जेठ ।  प्रदेश २ को प्रदेश सरकारले सूचना प्रवाहमा कडाइ गरेको छ। मन्त्रीहरूको आर्थिक चलखेलको विषयमा सञ्चार माध्यममा समाचारहरू प्रकाशन भएपछि प्रदेश सरकारले सूचना प्रवाहमा कडाइ गरेको हो।

गत वर्ष बैसाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा गरिएको खर्च लगायत प्रदेश सरकारको काम कारवाही  विषयमा सूचना लिन जाने पत्रकारहरूलाई सरकारले सूचना उपलब्ध गराएको छैन।

पत्रकार अजय अनुरागी, शैलेन्द्र महतो क्रान्ति, मनिका झाले सूचनाको हक प्रयोग गर्दै निवेदन नै दर्ता गराए।

निवेदन दर्ता गराएको महिनौं बितिसक्दा समेत उनले अहिलेसम्म मोदी भ्रमणको वास्तविक खर्च पाउन सकेका छैनन्। सूचना नपाएपछि पत्रकार महतोले राष्ट्रिय सूचना आयोगमा उजुरी समेत दर्ता गराए।

पछि त्यहाँबाट आएको निर्देशनअनुसार ७ दिनभित्र सूचना उपलब्ध गराउन भनिएको थियो। तर, प्रदेश सरकारले त्यो सूचना पनि पत्रकार महतोलाई उपलब्ध नगराई उल्टै आयोगलाई नै झुटो विवरण पठाएको पाइयो।

सूचना नपाउने पत्रकारहरूको सूची जनकपुरधाममा लामै रहेको छ। तर, उनीहरुले पनि अहिलेसम्म सुचना पाउन सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्