सुनवर्सी नगरपालिका ७ नम्बर वडा कार्यलयमा चार दिनदेखि तालाबन्दी

<span class='c1'>सुनवर्सी नगरपालिका ७ नम्बर वडा</span> <span class='c2'>कार्यलयमा चार दिनदेखि तालाबन्दी</span>

रबिन्द्र बराल
रंगेली, ३ जेठ। मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ७ को वडा कार्यालय विगत चार दिन देखि बन्द छ । स्थानीयले बिभिन्न माग राख्दै तालबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको हो ।
चुरेभावर राष्ट्रपति कोषबाट चैत महिनामा बक्राहा खोलामा तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ रकम बिनियोजन भएपनि नगरपालिकाका मेयर कालीप्रसाद दासले उपभोक्ता समितिमा आफन्त राखेर मनपरी गरेको स्थानीयले आरोप लगाएर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उपभोक्ता समिति निर्माण गर्ने क्रममा वडा अध्यक्षलाई समेत जानकारी नदिई मेयरले एकलौटी काम गराएको वडा अध्यक्ष प्रकाश यादवले बताए । ‘मेयरले एकलौटी ढंगबाट उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका छन्, वडा अध्यक्ष यादवले भने, मेयर साबले मलाई पनि जानकारी नदिई कसरी उपभोक्ता समिति बनाउनु भयो आश्चर्य लागेको छ ।’
मेयर कालीप्रसाद दासले तालाबन्दीको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । मेयर दासले अहिलेसम्म रकम समेत नआएको र आफुले कुनै किसिमको उपभोक्ता समिति समेत नवनाएको स्पष्ट पारे ।
बिगत ४ दिन देखि बडा कार्यलय बन्द रहदा सर्वसाधारणलाई जन्म दर्ता , बिवाह दर्ता , बिभिन्न सिफारिस लिनेकाहरुमा समस्या हुँदै आएको छ । त्यस्तै वडाबाट नियमित संकलन हुँदै आएको राजश्व संकलनको काम पनि रोकिएको छ । आएका सेवाग्राहीको काम हुन नसक्दा समस्या भएपनि नगरपालिका यस बारेमा मौन छ, ताला खुलाउने पहल कतैबाट पनि भएका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्