विराटनगर, ३ जेठ । बुढीगंगा गाउँपालिका-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल बिहीबार गाडिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहीन भएपछि थापा परिवार र ऋषिदेव परिवारबीच भएको विवादका कारण ऋषिदेव बस्तीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो ।
ट्युबवेल नहुँदा पानी खान समस्यामा परेको भन्दै ऋषिदेव परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मोरङ प्रहरीले मङ्गलवार नै ट्युबवेल गाड्न निर्देशन दिएको थियो।