नेकपाले २६ औं मदन–आश्रित स्मृति दिवस मनाउँदै

नेकपाले २६ औं मदन–आश्रित स्मृति दिवस  मनाउँदै

काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २६ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ ।

तत्कालीन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपाले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दै छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा पारेर गतवर्ष तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच ऐतिहासिक एकता भएको थियो । मदन–आश्रित दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा गरिने कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको तत्कालीन एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्