विराटनगरका पत्रकारहरुले संञ्चार सामाग्री भुई मै राखेर विरोध जनाएपछि – फोटो फिचर सहित

विराटनगरका पत्रकारहरुले संञ्चार सामाग्री भुई मै राखेर विरोध जनाएपछि – फोटो फिचर सहित

विराटनगर ३ जेठ । विराटनगरका पत्रकारहरुले आ– आफ्नो संञ्चार सामाग्री भुई मै राखेर नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक खारेज गर्न माग गर्दै विरोध जनाएका छन् ।
सरकारले विधेयकको नाममा प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भन्दै शुक्रबार विराटनगरमा भेला भएका पत्रकारहरुले विरोध गरेका हुन् ।
नेपाल पत्रकार महासघ केन्द्रको सर्कुलर अनुसार नेपाल पत्रकार महासघ मोरङ शाखाले पनि कालो व्यानर सहित शाखा कार्यलयबाट ट्राफिक चोक हुदै वि – प्लटको खाली जमिनमा पुगेर कोण सभा गरेको थियो ।
विराटनगरका पत्रकारहरुले आ– आफना सञ्चार सामाग्री क्यामारा, रेकर्डर, डाईरी, कलम लगायतका सामान राखेर आदा घन्टा विरोध गरेका थिए । विरोध कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश समितिका सचिव विवेक गौतम, नेपाल पत्रकार महासघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधान तत्काल परिमार्जन गर्नुपर्नेमा धारणा राखेका थिए ।
मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको थियो । प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारहरु यतिवेला अन्दोलनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्