सातबर्ष देखि सुनसरीमा आगलागी पीडितल‍े नपाएकाे राहतको काठ पाउने, पहल शुरु

सातबर्ष देखि  सुनसरीमा आगलागी पीडितल‍े नपाएकाे राहतको काठ  पाउने, पहल शुरु

इटहरी, ३ जेठ । सुनसरी पकलीकी सिता मगर चौधरीले अन्तरजातिय विवाह गरिन । जात नमिलेको भन्दै सिताका घरका आफन्तले उनलाई  स्वीकार गरेन ।

घर नभित्र्याएपछि सिताको परिवार छाप्रो हालेर बस्न थाले। त्यही बेला उनका श्रीमान पूरानो मुद्दाका आधारमा जेल चलान भए । आम्दानीको कुनै बाटो थिएन । उनी बनिवुतो गरेर एक जना छोरो पाल्दै थिइन् । तीन बर्ष अगाडि मध्य रातमा आगो लाग्यो । आगलागीले त्यही भएको छाप्रो पनि खरानी बन्याे  । त्यसपछि उनी अहिले घरबार बिहिन छिन् ।

तीन बर्षमा उनले घर बनाउन सकेकी छैनन् । जिल्ला बन पैदावार आपूर्ती समितिले घर बनाउन काठ बितरण गर्छ भन्ने सुनेपछि उनी जिल्ला दैवि प्रकोप राहत तथा उद्यार समिति मार्फत उनले निवेदन दिइन् । निवेदन दिएका बेला चाँडै काठ पाउनुहुन्छ भन्ने आश्वासन थियो । तर निवेदन दिएको तीन बर्ष भयो उनले राहतको काठ पाएकी छैनन् । तीन बर्षदेखि महिनामा कम्तिमा ३ पटक जिल्ला बन कार्यालय सुनसरीमा  धाउँदैमा उनकाे दिन बित्छ ।

तर आजसम्म उनले राहत वापत पाउने २५ क्युविक फुट काठ पाएकी छैनन् । उनी भन्छिन् – 'राहतको काठ पाँउछु भन्ने आशमा वसिरहेको छु ।बर्खा लाग्यो यसपालि पनि घरको छानो चुहिनै रहने भो ।'

सुनसरी हरिनगराका फाइम अन्सारीको गएको माघमा घरमा आगोलाग्यो ।आगोले घरमा रहेका लत्ता कपडा सरसामान र खाद्यान्न पुरै नष्ट भयो । त्यसपछि फइम जिल्ला वन पैदावार आपूर्ती समितिमा राहातको काठ लिन निवेदन दिए । सवै प्रक्रिया पुरा गरेर निवेदन दिएको भएपनि अहिलेसम्म उनले राहतको काठ पाएका छैनन् । उनी काठ पाउने आशामा महिनामा चार पटक हरिनगराबाट इनरुवा आइरहेका छन् ।

काठ वितरणकाे यस्ताे तयारी

सातबर्षदेखि दिन बन्द भएको राहतको काठ  पुन   बितरण शुरु हुने भएकाे छ ।  संवाद समुह सुनसरीले आयाेजना गरेकाे संवादमा   जिल्ला बन पैदावार आपूर्ती समितिसँग भएको संवादमा पन्ध्र दिन भित्रमा काठ बितरण गर्ने सहमति भएको हो । जिल्ला दैविप्रकोप उद्धार तथा राहत समितिको सिफारीसमा आएका निवेदन अनुसार पीडितलाई पन्ध्र दिन भित्रमा राहतको काठ बितरण गर्ने सहमति भएको हो । सात बर्षदेखि सुनसरीमा दैवि प्रकोपमा परेकाहरुले काठ पाएका थिएनन् ।

काठ वितरण रोकिँदा जिल्ला बन आपूर्ती समितिमा २३ सय भन्दा बढि निवेदन अलपत्र परेका छन् । लामो समयदेखि वितरण नभएको राहतको काठ १५ दिन भित्रमा वितरण शुरु हुन्छ । वन पैदावार आपुर्ती समितिका सदस्य तथा कोष तथा लेखा नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बज्रमोहन कोइरालाले बताए । उनले भने पीडितलाई राहात दिन लागि प्रकृया अगाडी बढाएका छौ ।

आपुर्ती समितिका अध्यक्ष तथा डिभिजन बन कार्यालय सुनसरीका प्रमुख रामबावु साहले बिविध कारण वितरण बन्द भएको काम शुरु हुने बताए । दैवि प्रकोपमा परेकाहरुले घर बनाउन २५ क्युविक फीट काठ निशुल्क पाउने उनले बताए ।

जिल्ला बन कर्यालय सुनसरीका सहायक बन अधिकृत तथा आपूर्ती समितिका सदस्य सचिव राजेन्द्रप्रसाद यादबले २०७३ साल अगाडि एक हजार ३३ जनाले घरमा आगो लागेको भन्दै सवै प्रकृया पुरा गरेर निवेदन दिएका छन्। २०७३ साल पछि आगोलागिमा परेको भन्दै २सय २४ र ६७ वटा निवेदन परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्