पेट्रोल र डिजेलको मूल्य घट्यो

<span class='c1'>पेट्रोल र डिजेलको</span> <span class='c2'>मूल्य घट्यो</span>

काठमाडाै, ३ जेठ ।  नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

आयोग प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको छ। नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल/मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ।  हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो। यो समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको विराटनगर तथा वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १५।६७ र डिजेल १६।६४ प्रतिलिटर रूपैयाँले नेपालतर्फ सस्तो भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्