अमेरिकामा बिपतमा परेका सलकपुरका बिजयको लागि इन्टरनेटबाट सहयोग जुट्दै

अमेरिकामा बिपतमा परेका सलकपुरका बिजयको लागि इन्टरनेटबाट सहयोग जुट्दै

 

अमेरिकाको डेस प्लेन्स इलिनोइस शिकागो निवासी बिजय प्रसाद रेग्मीको सहयोगका लागि संसार भरिबाट मानिसहरु अनलाईनको माध्यमबाट एकजुट हुन थालेका छन् ।हृदयघातका कारण आधा शरिर प्यारालाइज र दुबै किड्नी फेल भएको भनिएका बिजय प्रसाद रेग्मीको उपचारका लागि इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट गो फण्ड मि डटकमबाट दुइ दिनमा १२ हजार डलर (करिब साढे तेह्र लाख नेपाली रुपैयाँ) भन्दा बढि सहयोग संकलन भइसकेको छ । ५० हजार डलर सहयोग संकलन गर्ने उद्देश्यका साथ उनको श्रीमती प्रतिमा रेग्मीले बनाएको सहयोग पेजमा १ सय ६० भन्दा बढि व्यक्तिहरुले सहयोग गरिसकेका छन् ।
नेपालमा मोरगंको सलकपुर निवासी बिजय बसाई सरेर अमेरिका गएका हुन् । सहयोग पेजमा बिजय परिवारको एक्लो काम गर्ने व्यक्ति भएको र श्रीमतीसहित उनीहरुको १४ र ४ वर्षिय दुइ छोराको परिवार उनीमा नै आश्रीत रहेको बताइएको छ ।

बिजयलाई भएको के हो ?
गत मे ४ का दिन स्ट्रोकका बेहोस भएर लडेपछि बिजयलाई तत्काल अस्पताल पुयाएपछि दिमागमा रगत जमेका कारण बेहोस भएको बताइएको थियो । यसबाट उनको बाँया शरिर पुर्ण रुपमा प्यारालाइज भएको छ । हाल बेहोसी (कोमा) मा रहको उनको अमेरिकाको लुथरन जनरल अस्पतालमा उपचार भइरहेको छ ।

कसरी गर्ने सहयोग?
उनलाई https://www.gofundme.com/bijayregmi लिंकमा गएर सहयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्