पुर्बाञ्चल विश्वविद्यालय सुधार्न सकस, विश्वविद्यालयको शाख बढाउन सरोकारवालाकाे सुझाव

पुर्बाञ्चल विश्वविद्यालय सुधार्न सकस, विश्वविद्यालयको शाख बढाउन सरोकारवालाकाे सुझाव

विराटनगर, ४ जेठ ।
पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय रोजाईका हिसावले कम भित्र पर्ने गरेको बताए ।
विश्वविद्यालयको सिलेवस अन्य विश्वविद्यालयको तुलनामा धेरै राम्रो भएपनि प्रर्वद्धनका कार्यक्रम भने गर्न नसकीएको पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ एशोसिएसनका उपाध्यक्ष गोपी न्यौपानेले बताए ।
२०५० साल स्थापना भएको विश्वविद्यालयले २०५२ सालदेखि कार्यक्रम शुरु गरेको थियो । हाल ८ वटा आंगिक क्याम्पस, १ सय १५ वटा सम्वन्धन प्राप्त र ६ वटा संकाय अन्र्तगत ६८ वटा शैक्षिक कार्यक्रम सञ्चालित छ ।
२८ हजार विद्यार्थी अहिले अध्ययनरत छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले आयोजना गरेको हिजो, आज र भोलि विषयक अन्र्तक्रियामा विश्वविद्यालयको अवस्था राम्रो हुँदा हुँदै पनि बनिरहेका ऐनका कारण भने भोलिको भविष्य चुनौतिपूर्ण रहेको कर्मचारी संघका केन्द्रिय सभापति राजकुमार सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्