प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, फाईदा विराटनगरलाई

प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, फाईदा विराटनगरलाई

विराटनगर, ४ जेठ ।
प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ ।

आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स्थानीय निकायका प्रमुखहरुसँग छलफल चलाएको छ । प्रदेश नम्बर १ मा यति ठूलो रकम एकै पटक एशियाली विकास वैकले लगानी गर्न लागेपछि स्थानीय तह हौसिएका छन । विराटनगर , दुहवी , इटहरी , इनरुवा , धरान र दमक शहरको स्तरवृद्धिको लागि यति ठूलो रकम लगानी हुन लागेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आगामी डेढ बर्ष भित्रै योजना छनौट गरि सरोकारवाला नगरपालिकासँग सहकार्य गरेर डीपीआर तयार हुनेछ ।
यो बजेटबाट सम्बोधन हुने गरि विराटनगरको विकासको लागी प्राथमिकतामा परेको विराट राजाको दरवारको संरक्षण , रिडरोडको निर्माण , विराटनगर बिमानस्थलको स्तरउन्न्ती , कोशी अस्पातालको स्तरउन्नती , डंग्राहामा फोहर प्रशोधन केन्द्रको निर्माण , नहरको सडकलाई वाइपास सडक निर्माणको प्रस्ताव पेश गरिएको विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले बताए । मकालु टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्