किराँत धर्मालम्वीहरुको महान् पर्व उभौली शुरु, विराटनगरमा यस्तो तयारी

किराँत धर्मालम्वीहरुको महान् पर्व उभौली शुरु, विराटनगरमा यस्तो तयारी

प्रेम देवान
विराटनगर ४ जेठ । किरात धर्मालम्वीहरुको महान पर्व साकेला उभौली पर्व आजबाट सुरु भएको छ ।

किराँत समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी , किरा फट्याङ्ग्रा नलागोस् भनेर विधिवत् रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् ।
परम्पराअनुसार लिम्बुले चासोक तङ्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उभौली साकेला भनेर आज देखी संयुक्त रुपमा मनाउने गरिन्छ ।
किरात समुदायकोे मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन वर्षमा दुई पल्ट मनाउने गरिन्छ ।
पर्वको अबसरमा आज विराटनगर ११ मा रहेको साकेला थानमा किरात राई यायोक्खा नगर कार्य समिती विराटनगरले उभौलीको अबसरमा विशेष कार्यक्रम आयोजना गरी चण्डी नाच गर्ने किरात राई यायोक्खा नगर कार्य समितीका अध्यक्ष विष्णु राईले जानकारी दिए ।

कार्यक्रममा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम गरिने नगर समितिले जनाएको छ ।यसपर्वमा राई जातिहरुले आफ्नो परम्परा अनुसार जातीय भेषभुषामा सजिएर गोलो घेरा बनाइ ढोल र झ्याम्टा बजाउँदै साकेला अर्थात चण्डि नाच नाच्ने चलन रहेको नगर समितिका सचिव कुन्ता राईले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्