विराटनगरको एभरेष्ट स्कुलको भवन बंगलादेशी कम्पनीबाट निर्माण, राजदुतद्वारा निरिक्षण

विराटनगरको एभरेष्ट स्कुलको भवन बंगलादेशी कम्पनीबाट निर्माण, राजदुतद्वारा निरिक्षण

विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् ।

शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले बंगलादेशी कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बन्दै गरेको भवनको अवलोकन गर्दै राजदुत आम्सले विराटनगर प्रदेशको राजधानी भएकोले प्रदेशले नै बंगलादेशबाट फाईदा लिन सक्ने बताईन् ।
उनले पछिल्लो समयमा बंगलादेशले आर्थिक बृद्धिदर र विकासमा एसियामै उत्कृष्ट फड्को मारेको दाबी गरिन् । उनले प्रदेश १ सरकारले बंगलादेशसंग जोडिने पुलको रुपमा रहन सक्ने बताउदै यसबाट प्रदेश एकले फाइदा लिन सक्ने बताइन् ।
एभरेष्ट स्कुलको भवन नेपालकालागि नमुना प्रोजेक्टको रुपमा लिइएको छ । विराटनगर स्थित एभरेष्ट स्कुलले उच्च शिक्षा सञ्चालन गर्नकालागि २४ हजार स्क्वायर फिटमा यो नयाँ प्रविधिको भवन बनाईएको फाउण्डेशनका अध्यक्ष विनोद ढकालले बताए ।
४२ वटा कोठा भएको भवन आगामी तीन महिना भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । बंगलादेशको म्याक डोनाल्ड स्टिल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरि बंगलादेशमा व्यवस्थित आधुनिक उपकरणबाट निर्माण गरिएको सामान यसमा प्रयोग गरिएको बताए ।
कम खर्चमै भुकम्प प्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रिफेव प्रालिका कार्यकारी निर्देशक निलमणी सापकोटाले बताए ।
बंगलादेशमा स्टील्सबाट २४ तलाको भवना निर्माण तथा मेट्रोरेलसम्मको संरचना निर्माणको काम पुरा भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्